कोरोनाका कारण सुदूरपश्चिम विश्वविद्यालयको वार्षिक परीक्षा स्थगित

काठमाडौं, माघ ११ : सुदूरपश्चिम विश्वविद्यालयले पनि वार्षिक परीक्षा स्थगित गरेको छ। पछिल्लो समय कोरोना संक्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित भएको जनाएको हो ।
मंगलबार बसेको परीक्षा बोर्डको बैठकले माघ १६ गतेदेखि सुरु हुन लागेका स्नातक तहको व्यवस्थापन संकायका पहिलो, दोस्रो र तेस्रो वर्षका परीक्षा गर्ने निर्णय गरेको हो।
परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएका हुन्। यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाट गर्ने तयारी भएको जनाएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालय र पोखरा विद्यालय लगायतका विश्वविद्यालयले पनि वार्षिक परीक्षा स्थगित गरेको थियो ।
प्रकाशित मिति: २०:५१ बजे, मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











