Kathmandu Press

टर्कीको राजधानीमा हिमपातका कारण नीजि यातायात सञ्चालन गर्न रोक

इस्तानबुल, माघ ११ : टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।देशको सवैभन्दा ठूलो सहरसमेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले...
टर्कीको राजधानीमा हिमपातका कारण नीजि यातायात सञ्चालन गर्न रोक

इस्तानबुल, माघ ११ : टर्कीको राजधानी इस्तानबुलमा मङगलबारदेखि निजी यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

देशको सवैभन्दा ठूलो सहरसमेत रहेको इस्तानबुलमा व्यापक हिमपात भएकाले यातायातका साधान सञ्चालन रोकएकोे हो।

Hardik ivf

मंगलबार विहान जारी गरिएको वक्तव्यमा इस्तानबुलका गभर्नर अली येर्लिकायाले सार्वजनिक यातायात मात्रै सञ्चालन हुन दिन आग्रह गरेका छन।

हिमपातले बाटोहरु पुरिएकाले थोरै थोरै मात्रै खुलाउन सकिएको र थोरै मात्रै खुलाउदा साघुरो भएको बाटोमा सार्वजनिक यातायात मात्रै चलाउने व्यवस्था गरिएको उनको भनाइ छ।  

हिमपातका कारण साघुरो भएको बाटोमा निजी यातायातका साधन चलाउदा सार्वजनिक यातायातका साधन चल्न नमिल्ने भएकाले निजीलाई प्रतिवन्ध लगाइएको गभर्नर ऐर्लिकायाले स्पष्ट पारे।

स्तानबुलमा मात्रै एक करोड ६० लाख मानिस बसोवास गर्दछन्। सोमबार निजी र सार्वजनिक दुवै सवारी साधनहरु चलाउन खोज्दा बाटोमा समस्या भएर हजारौँ मानिस लामो समयसम्म सडकमै रोकिनु परेको थियो।

हिमपातका कारण पाँच हजार मानिस विस्थापित भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। तीमध्ये तीन हजार मानिस आफ्नो घरमा बस्न नसकेर होटल, गेस्ट हाउस र विभिन्न शिविरहरूमा पुगेका छन्।

त्यसैगरी स्तानबुलबाट हुने उडान पनि बन्द गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्