पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि
इस्लामावाद, माघ ११ : भ्रष्टाचारसम्वन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ।विश्वभरीका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान...
इस्लामावाद, माघ ११ : भ्रष्टाचारसम्वन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो बर्षभन्दा थप १६ देश पछाडि परेको छ।
विश्वभरीका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औं क्रम सङ्ख्यामा परेको हो।
ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ।
ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सवै देशमा अध्ययन गरेर हरेक बर्ष विश्वभरी एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ।
भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका छन्। उनीहरूले प्रधानमन्त्री इमरान खान नै यसको मुख्य दोषी भएको आरोप पनि लगाएका छन्।
'पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ,' विपक्षी दल पिएमए–एनले भनेको छ।
विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिनपनि निरन्तरता दिन नहुने र जति ढिला भयो, त्यति मुलुकलाई क्षति हुने दावी गरेका छन्। अहिलेको सरकारलाई तत्काल विघटन गराउनु पर्ने उनीहरूको माग छ।
कानुनी शासनको उलङ्घनलगायतका कारणले भ्रष्टाचार बढीरहेको उनीहरूको आरोप छ।
अघिल्लो बर्ष १८० देशमध्येबाट १२४ औ क्रममा रहेको पाकिस्तान अहिले १८० मध्येमै १४० औ क्रममा पुग्नु साह्रै चिन्ताको अवस्था भएको विपक्षीहरूको भनाई छ। भारत र बंलादेशको आफ्नो अवस्थालाई यथावत राख्नसक्ने तर पाकिस्तानले किन सक्तैन भन्दै खान सरकारसँग जवाफ मागेका छन्।












