Kathmandu Press

बेलायतमा सवै प्रतिवन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने

लण्डन, माघ ११ : बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ।अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था...
बेलायतमा सवै प्रतिवन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने

लण्डन, माघ ११ : बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ।

अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन्  

प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अव खुल्ला हुने भएको छ। तर ती यात्रुहरूले खोपको पुरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ।

यातायात विभागर स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रअरी ११ तारिखको विहान ४ बजेदेखि सवै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ।

पुरा मात्राको खोपलगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी १२ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ।

यात्रासम्वन्धी धेरै नीति फेबु्रअरीदेखि परिवर्तन हुने भएको छ। यही बेलामा सरकारले सवैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्