Kathmandu Press

रोजगार संयोजकका लागि ३० गुणाभन्दा बढि आवेदन

काठमाडौं, माघ २० : देशभरका स्थानीय तहमा नियुक्त गर्न लागिएको रोजगार संयोजकमा २३ हजार नौ सय ६८ जनाले आवेदन दिएका छन् । गत माघ ३ गते सात सय ५३ स्थानीय त....

रोजगार संयोजकका लागि ३० गुणाभन्दा बढि आवेदन

काठमाडौं, माघ २० : देशभरका स्थानीय तहमा नियुक्त गर्न लागिएको रोजगार संयोजकमा २३ हजार नौ सय ६८ जनाले आवेदन दिएका छन् । गत माघ ३ गते सात सय ५३ स्थानीय तहमा सरकारले रोजगार संयोजकको लागि आवेदन मागेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न भन्दै गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजागार संयोजक पदपूर्तिको लागि अनुमति दिएको थियो । सरकारले सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरिसकेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले दिएको जानकारीअनुसार सबैभन्दा बढी प्रदेश ३ मा चार हजार नौ सय ९४ जनाको आवेदन परेको छन् । त्यस्तै, सुदूरपश्चिममा चार हजार चार, प्रदेश २ मा तीन हजार ६ सय ७१, प्रदेश १ मा तीन हजार ६ सय ६५, कर्णालीमा तीन हजार तीन सय ७८, प्रदेश ५ मा दुई हजार तीन सय एक र सबैभन्दा कम गण्डकी प्रदेशमा एक हजार नौ सय ५५ जनाको आवेदन परेको छन् ।

रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

रोजगार संयोजकले रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरि सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्ने छन् ।

त्यस्तै, बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजिकरण गर्नेछन् ।

 

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, माघ २०, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्