Kathmandu Press

रुपन्देहीमा दुई जनाको शव फेला

रुपन्देहीमा दुई जनाको शव फेला
Hardik ivf

रूपन्देही, माघ ११ : रुपन्देहीको देवदहमा आज दुई जनाको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जङ्गलमा एक बालिका र एक  महिलाको शव भेटिएको हो।
 
अन्दाजी सात वर्षीया बालिका र ३५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता भास्कर चन्दले जानकारी दिए। उनीहरुको पहिचान खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २०:१९ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्