बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते
बैतडी, माघ ११ : जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७...
बैतडी, माघ ११ : जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।
मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन्। उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरुमाथि आक्रमण गरेको हो।
आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए। अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
प्रकाशित मिति: २०:१६ बजे, मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)