धनकुटा जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द
काठमाडौं, माघ ११ : जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ। सार्वजनिक सूचना जारी...
काठमाडौं, माघ ११ : जिल्ला प्रशासन कार्यालय धनकुटामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको छ।
सार्वजनिक सूचना जारी गरेर माघ १२ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जनाए ।
सुचनामा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्रसम्बन्धी काम, राहदानी वितरण, द्रुत सिफारिश तथा राहदानी प्रयोजनका लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्रसम्बन्धी काम, संघ संस्था दर्ता, नवीकरण तथा अन्य काम, पेन्सनसम्बन्धी काम, हातहतियार नवीकरण तथा विष्फोटक पदार्थ अनुमतिपत्रसम्बन्धी काम, अन्य प्रमाणित तथा सिफारिशलगायत सेवा बन्द गरिएको छ।
प्रकाशित मिति: १९:४९ बजे, मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











