Kathmandu Press

जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै

जापानबाट १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण प्राप्त हुँदै

काठमाडाैं, माघ ११ : नेपालको आर्थिक स्थायित्व र सरकारले थालेका विकास निर्माणका परियोजना कार्यान्वयन तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउन जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थसचिव मधुकुमार मरासिनी तथा नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले हस्ताक्षर गरे। उनीहरुले अर्थमन्त्रालय र जापानी राजदूतावासमा एक्लाएक्लै सम्झौतामा हस्ताक्षर गरेका हुन्। हस्ताक्षरपछि सम्झौतापत्र आजै आदानप्रदान भएको थियो।

उक्त सहायताको उद्देश्य आर्थिक तथा वित्तीय नीति तथा संस्थाहरूको सुधारका साथै स्वदेशी औद्योगिक आधारलाई सुदृढ गर्ने र गरिब तथा जोखिममा परेका जनताको सुरक्षामा सरकारको प्रयासलाई जोड दिनु हो। उत्थानशील र आर्थिक स्थायित्व बढाएर मुलुकको दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्‍याउने तथा नेपाल सरकारको बजेट खर्चमा समेत उपयोग गर्न सकिने अर्थमन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्