Kathmandu Press

सिरियामा नागरिक सुरक्षाबारे संयुक्त राष्ट्रसंघको चासो

सिरियामा नागरिक सुरक्षाबारे संयुक्त राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघ, माघ ११ : सिरियामा नागरिक सुरक्षाको अवस्थाका बारेमा संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हालैमात्र पश्चिमी सिरियाको हासाकाह क्षेत्रमा रहेको एक जेलमाथिको आक्रमण र त्यसबाट नागरिक हताहत भएको विषयमा चासो व्यक्त गरेका हुन।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले प्रकाशन गरेकाे विज्ञप्तिमा जेलमा रहेका नागरिकको सुुरक्षा गम्भीर चासोको विषय हो भन्दै उनीहरु जेलमा पनि सुरक्षित रहन नपाउनु दुःखद भएकाे बताए। केही दिन अघि सो नगरमा रहेको एक जेलमा हमला भएको थियो। त्यसमा रहेका कैयौँ व्यक्तिको ज्यान गएको थियो भने केही भागेर ज्यान बचाएका थिए।
 
सिरियामा पछिल्लो समयमा बढ्दो असुरक्षाको पनि संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ। त्यहाँ ठूलो संख्याका नागरिक विस्थापित भएकाले उनीहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा पनि जोड दिइएको हो। सिरियामा केही वर्षदेखि नै हिंसा जारी छ। हिंसाका कारण नै यहाँका नागरिकहरु ठूलो संख्यामा विस्थापित भएका छन्।

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्