Kathmandu Press

उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

सोल माघ ११ : प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाको...
उत्तर कोरियाद्वारा पूर्वी सागरमा दुई मिसाइल प्रहार

सोल माघ ११ : प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डिपिआरके) ले पूर्वी सागरमा क्रुज मिसाइल मानिने दुईवटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरियाको योन्हाप समाचार एजेन्सीले  सैन्य स्रोतलाई उद्धृत गर्दै मंगलबार सो जानकारी दिएको  ।

दक्षिण कोरियाली सेनाले मंगलबार बिहान उत्तर कोरियाबाट पूर्वी जलक्षेत्रमा प्रक्षेपण गरिएका दुईवटा अज्ञात क्षेप्यास्त्र पत्ता लगाएको स्रोतले जनाएको छ। क्रुज मिसाइलहरूको प्रक्षेपण संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावहरूको उल्लङ्घन भने नभएको बताइएको छ। प्योङयाङलाई ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाएकोमा नपरेको जनाइएको छ।

यस महिनाको सुरुमा, उत्तर कोरियाले जनवरी ५ र ११ मा हाइपरसोनिक मिसाइल, जनवरी १४ मा दुई रेलवे छोटो दूरीको ब्यालेस्टिक मिसाइल र जनवरी १७ मा दुईवटा रणनीतिक निर्देशित मिसाइल सहित चार मिसाइल परीक्षणहरू गरिसकेको छ।

प्रकाशित मिति: १८:४९ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्