Kathmandu Press

त्रिविलाई समयमै नतिजा प्रकाशन गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । आज अनुगमन गर्न परीक्षा...
त्रिविलाई समयमै नतिजा प्रकाशन गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । 

आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न  निर्देशन दिए।
 
‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौँ भन्ने विद्यार्थीको गुनासो छ, नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो ‘फास्ट ट्र्याक’बाट नतिजा निकाल्नुस्,’ उनले भने।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेकोे मन्त्रीलाई जानकारी गराए। ‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भए पनि समयमा सेवाग्राहीको काम हुनप¥यो,’ मन्त्रीले भने।

मानविकी सङ्कायमा विद्यार्थीको धेरै गुनासो रहेको भन्दै मन्त्रीले गुनासो नआउने गरी काम गर्नेतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरे। सोही क्रममा परीक्षा नियन्त्रक जोशीले पर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र नतिजा निकाल्ने बताए।

उनले पुराना कर्मचारी अवकास हुँदा नयाँ कर्मचारीलाई ‘सिस्टम’ सिक्न एक वर्ष लाग्ने बताए। उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे।

प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्