Kathmandu Press

काठमाडौंमा मात्रै एकैदिन झण्डै  ५ हजार संक्रमित थपिए 

काठमाडौं, माघ ११ : काठमाडौं उपत्यकामा एकैदिन  ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा गरी...
काठमाडौंमा मात्रै एकैदिन झण्डै  ५ हजार संक्रमित थपिए 

काठमाडौं, माघ ११ : काठमाडौं उपत्यकामा एकैदिन  ६ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा गरी सो संख्यामा संक्रमित थपिएका हुन्। काठमाडौं जिल्लामा मात्रै आज ४ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै ललितपुरमा  ७८२  र भक्तपुरमा ५१५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

काठमाडौं सक्रिय संक्रमितको संख्या ४१ हजार ६३३ पुगको छ । ललितपुर र भक्तपुरमा क्रमशः ९ हजार ६६८ र ५ हजार ५८१ सक्रिय संक्रमित रहेका छन्। 

आज देशभर १२ हजार ८ संक्रमित थपिएका छन्। 

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्