Kathmandu Press

एकैदिन १२,००८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु 

सोही अवधिमा ३ हजार ४० जना सक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। 
एकैदिन १२,००८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु 

काठमाडौं, माघ ११ : पछिल्लो चौबिस घण्टामा मुलुकभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

बितेको २४ घण्टामा १८ हजार १०३  नमूनाको पीसीआर परीक्षण गर्दा  ९ हजार ४३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार ८०६ नमूनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण देखिएको हो।

मंगलबार काठमाडौं उपत्यकामा मात्रै ६ हजार १७२ जना संक्रमित थपिएका छन्। तीमध्य काठमार्डौमा मात्रै ४ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको  छ भने ललितपुर र भक्तपुरमा क्रमशः ७८२ र ५१५ संक्रमित थपिएका छन्। 

सोही अवधिमा ३ हजार ४० जना सक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। 

योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख २७ हजार ८८० पुगेको छ भने एन्टीजेनतर्फ १ लाख १७ हजार ७५४ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या ८ लाख २७ हजार २७८ पुगेको छ । हालसम्म ११ हजार ६६७ संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ। तीमध्य ८७ हजार ११७ जना होम आइसोलेसन र १ हजार ८१७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्य २४५ जना आइसीयू, ४५ जना भेन्टिलेटर र १६५ जना संस्थागत क्वारेन्टिनमा रहेका छन्। 

मंगलबार २ लाख ३९ हजार ८५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्