Kathmandu Press

कोरोना बढेका कारण सिटिइभिटीको सबै परीक्षा स्थगित

काठमाडौं, माघ ११ : कोरोना संक्रमणदर दैनिक तीव्र रुपमा बढेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको...
कोरोना बढेका कारण सिटिइभिटीको सबै परीक्षा स्थगित

काठमाडौं, माघ ११ : कोरोना संक्रमणदर दैनिक तीव्र रुपमा बढेपछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। 

कोरोना संक्रमण फैलने जोखिमका कारण सिटिइभिटीले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। परिषदले यहि १५ गते बायोमेडिकल तर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो ।

आउँदो २७ गतेदेखि वार्षिक प्रणाली र सेमेष्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रम अन्तर्गतका नियमित तथा पुरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

तत्कालको लागि अर्को निर्णय नभएसम्म परीक्षा स्थगित गरिएको परिषदको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा दश दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीले जनाएको छ। 

प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्