Kathmandu Press

कर्मचारीलाई कोरोना देखिएपछि बाँके प्रशासनमा अत्यावश्यबाहेकका सेवा बन्द 

काठमाडौं, माघ ११ : कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ। नियमित कार्य सम्पादनको क्रममा कार्यालयका...
कर्मचारीलाई कोरोना देखिएपछि बाँके प्रशासनमा अत्यावश्यबाहेकका सेवा बन्द 

काठमाडौं, माघ ११ : कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवा आजदेखि बन्द गरिएको छ। 

नियमित कार्य सम्पादनको क्रममा कार्यालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको र केही कर्मचारीलाई मिल्दोजुल्दो लक्षण देखा परेपछि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए

उनका अनुसार, कार्यालयमा ३५ जना कर्मचारी छन् । तीमध्ये केहीमा  सङ्क्रमण पुष्टि भएको छ । पन्ध्र कर्मचारीलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । कार्यालयमा सेवाग्राहीको अत्याधिक भीडभाडसमेत भई कार्यालयबाटै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने जोखिम भई सेवा प्रवाहमा कठिनाई भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नुपरेको उनको भनाइ छ ।

जिप्रकाबाट प्रदान गरिने शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङघ संस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवा हाललाई स्थगित गरिएको प्रजिअ खत्रीले जानकारी दिए।

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्