राष्ट्रिय सभा निर्वाचन : आफ्ना उम्मेदवार नभएका प्रदेशमा मतदान नगर्ने राप्रपाको निर्णय
काठमाडौं, माघ ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवार नभएको प्रदेशमा मतदान नगर्ने निर्णय गरेको छ। भोलि हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार नभएको...
काठमाडौं, माघ ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवार नभएको प्रदेशमा मतदान नगर्ने निर्णय गरेको छ। भोलि हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार नभएको प्रदेशमा मतदान गर्न सहभागी नहुने राप्रपाको निर्णय छ।
मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश १ मा मात्रै मतदानमा सहभागी हुने निर्णय गरेको हो। प्रदेश १ मा राप्रपाबाट अम्बर बहादुर विष्ट र रञ्जु प्याकुरेल उम्मेदवार छन्।
अन्य प्रदेशमा भने राप्रपाले उम्मेदवार उठाएको छै्रन। प्रदेश १ मा विष्ट र प्याकुरेललाई मतदान गर्ने र अन्य प्रदेशमा मतदानमा सहभागी नहुने निर्णय गरिएको राप्रपाका महामन्त्री भुवन पाठकले जानकारी दिए।
राष्ट्रिय सभा निर्वाचनमा अन्य पार्टीका उम्मेदवारलाई भोट नदिने राप्रपाको निर्णय
प्रकाशित मिति: १४:५९ बजे, मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











