भारतबाट फर्केका चारजनामा ओमिक्रोन संक्रमण पुष्टि
काठमाडौं, माघ ११ : भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमूना मध्ये ४ वटामा ओमिक्रोन...
काठमाडौं, माघ ११ : भारतबाट फर्किएका ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
कञ्चनपुरको त्रिनगर हेल्थडेस्कमा संकलन गरिएका १४६ नमूना मध्ये ४ वटामा ओमिक्रोन पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक ओमिक्रोन संक्रमण पहिलो पटक पुष्टि भएको हो ।
उक्त प्रयोगशालाका अनुसार कोरोना पुष्टि भएका एक सय ४६ जनाको भेरियन्ट पहिचान गर्न उनीहरुको नमूना पुस २५ गते काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।
कञ्चनपुरका दुईजना, बझाङ र डोटिका एक÷एक जनामा ओमिक्रोन पुष्टि भएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
प्रकाशित मिति: १४:१० बजे, मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











