Kathmandu Press

इटालीमा पहिलो चरणको राष्ट्रपतिय निर्वाचनले परिणाम दिएन

रोम, माघ ११ ः इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन। अधिकांश मतपत्रहरू खाली रहे।इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष...
इटालीमा पहिलो चरणको राष्ट्रपतिय निर्वाचनले परिणाम दिएन

रोम, माघ ११ ः इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन। अधिकांश मतपत्रहरू खाली रहे।

इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए।

कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार १५ः०० बजेदेखि  दोस्रो चरणको निर्वाचन हुँदैछ । 

मत परिणाम अनुसार पहिलो चरणमा ९७६ मतदाताले भाग लिएका थिए ।

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, माघ ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्