Kathmandu Press

भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं, माघ ११ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका(२ की ७० वर्षीया महिलाको आज बिहान करिब ८ बजे...
भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं, माघ ११ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

नेपालगञ्ज उपमहानगरपालिका(२ की ७० वर्षीया महिलाको आज बिहान करिब ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ ।

प्रकाशित मिति: १०:३० बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्