Kathmandu Press

कर्मचारीलाई कोरोना लागेपछि  जिल्ला निर्वाचन कार्यालय कञ्चनपुुरको सेवा स्थगित

कञ्चनपुर, माघ ११ : कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ। कार्यालयले...
कर्मचारीलाई कोरोना लागेपछि  जिल्ला निर्वाचन कार्यालय कञ्चनपुुरको सेवा स्थगित
फाइल तस्बिर

कञ्चनपुर, माघ ११ : कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ। 

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोरोनाका लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ।

अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाजबाहेक मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा जनाइएको छ । यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली सङ्लन र अद्यावधिक कामका लागि टोकन प्रणालीमार्फत कार्य गर्दै आएको थियो ।

प्रकाशित मिति: १०:०१ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्