Kathmandu Press

प्रचण्ड निवास खुमलटारमा वर्षमानलाई स्वागत 

काठमाडौ, माघ १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुनलाई स्वागत गरेका छन्। चीनबाट उपचार गराई स्वदेश फर्किएका पुनलाई खुमलटारमा भव्य...
प्रचण्ड निवास खुमलटारमा वर्षमानलाई स्वागत 

काठमाडौ, माघ १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुनलाई स्वागत गरेका छन्। 

चीनबाट उपचार गराई स्वदेश फर्किएका पुनलाई खुमलटारमा भव्य स्वागत गरिएको हो। 

श्रीमती ओनसरी घर्तीसहित प्रचण्ड निवास खुमलटार पुगेका पुनलाई प्रचण्ड र उनको परिवारले समेत स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो।

चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो । स्वास्थ्यमा सुधार आएसँगै पुनले चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग पनि भेट गरेका थिए।

नेता पुन सोमबार चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर स्वेदश फर्किएका थिए।

सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पुनले आफू महासचिवको दाबेदार रहेको बताएका थिए। उनकै आग्रहमा केन्द्रीय कमिटी र पदाधिकारी चयन स्थगित गरिएको थियो। 

माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

प्रकाशित मिति: ०९:२७ बजे, मंगलबार, माघ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्