Kathmandu Press

पोखरा विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित 

काठमाडौं, माघ १० : पोखरा विश्वविद्यालयले माघ समान्तसम्‍म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको...
पोखरा विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित 

काठमाडौं, माघ १० : पोखरा विश्वविद्यालयले माघ समान्तसम्‍म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ । 

विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।  

परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘ कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

प्रकाशित मिति: १८:४५ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्