Kathmandu Press

कास्की प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा स्थगन

पोखरा, माघ १० : जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको छ।कार्यालयका सात कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज...
कास्की प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा स्थगन

पोखरा, माघ १० : जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको छ।

कार्यालयका सात कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज (सोमबार) सूचना जारी गरेर भोलि (मंगलबार) देखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको जनाएका हुन्। 

‘सबै कर्मचारी फ्रन्टलाइनर भएकाले समस्या भएको उनले बताएका छन्। नागरिकता तथा राहदानी वितरण, लेखा शाखाबाट हुने काम, संघसंस्थालगायतका काम मंगलबारबाट नहुने, शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा सामाजिक मापदण्ड कायम राखेर हुने जनाइएको छ।

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्