Kathmandu Press

'मी टू'मा परेका आलोक नाथविरुद्ध ‘असहयोग’ निर्देशन

काठमाडौं, माघ २० : 'मी टू'मा परेका बलिउड अभिनेता आलोक नाथ थप समस्यामा परेका छन् । उनी विरुद्ध ‘असहयोग’ निर्देशन जारी भएको छ ।

....
'मी टू'मा परेका आलोक नाथविरुद्ध ‘असहयोग’ निर्देशन
एजेन्सी

काठमाडौं, माघ २० : 'मी टू'मा परेका बलिउड अभिनेता आलोक नाथ थप समस्यामा परेका छन् । उनी विरुद्ध ‘असहयोग’ निर्देशन जारी भएको छ ।

बलिउड अभिनेता आलोकमाथि लेखक एवं निर्देशक विनता नन्दाले यौन दुर्व्यवहार विरुद्धको 'मी टू' अभियानमार्फत दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आलोकले बलात्कार गरेको उनको आरोप थियो । उनीविरुद्ध मुद्दा दर्ता गरेर मुम्बइ प्रहरीले छानविन गरिरहेको छ ।

Hardik ivf

यहीबीच भारतको ‘द फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज’ले असहयोग निर्देशन जारी गरेको हो । निर्देशमा ६ महिनासम्म आलोकसँग काम नगर्न सदस्यहरुलाई सचेत गराइएको छ । अब ६ महिनासम्म कोही पनि सिने कलाकार आलोकसँग काम गर्न पाउने छैनन् ।

एसोसिएसनका प्रमुख अशोक पण्डितका अनुसार, आलोकले छानविनमा सहयोग नगरेपछि निर्देशन जारी गर्नु परेको हो । विनता नन्दाले एसोसिएसनमा निवेदन दिएकी थिइन् । त्यसपछि छानविनका लागि आलोकलाई बोलाइएको थियो । तर, तीन पटक बोलाउँदा पनि नआएपछि यो कदम उठाउनु परेको पण्डितले बताए ।

अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि भारतमा सात महिना अघि शुरु भएको 'मी टू' अभियान अहिले पनि जारी छ । यो अभियानमार्फत कयौं कलाकार, लेखक, निर्देशक तथा सम्पादकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । केहीले पदबाट राजीनामा समेत दिनु परेको थियो ।

 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, माघ २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्