उपत्यकामा थप ४,६७६ जनामा संक्रमण, सक्रिय संक्रमित झन्डै ५३ हजार
काठमाडौं, माघ १० : काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा...
काठमाडौं, माघ १० : काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं जिल्लामा मात्रै ३ हजार ६३४ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुर र भक्तपुरमा क्रमशः ५८७ र ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार देशभर १० हजार ३१९ जना संक्रमित थपिएका छन्। यसअनुसार कुल संक्रमितको झन्डै आधा संख्या उपत्यकामै रहेको छ।
पछिल्लो समय संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि दिनानुदिन बढिरहेको छ।
पछिल्लो २४ घन्टामा थपिएकासहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ५२ हजार ८४२ पुगेको छ। तीमध्ये काठमाडौंमा ३८ हजार ५८१, ललितपुरमा ९ हजार ५१ र भक्तपुरमा ५ हजार २१० जना छन्।
देशभर भने सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ। देशभरिको तुलनामा उपत्यकामा सक्रिय संक्रमित आधाभन्दा निकै धेरै रहेको छ।











