Kathmandu Press

मुलुकभर १० हजार ३१९ संक्रमित थपिए, २५४० संक्रमणमुक्त 

सोही अवधिमा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 
मुलुकभर १० हजार ३१९ संक्रमित थपिए, २५४० संक्रमणमुक्त 

काठमाडौं, माघ १० : मुलुकभर पछिल्लो २४ घण्टाको अवधिमा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २१ हजार २०१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १६ हजार ६५४ नमूनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ५४७ नमूनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । 

योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख १८ हजार ४४८ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख १५ हजार १७८ पुगेको छ । त्यस्तै  निको हुनेको संख्या ८ लाख २४ हजार २३९ पुगेको छ । हालसम्म ११ हजार ६५९ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

आइतबार मुलुकभर ८२ हजार ५५० सक्रिय संक्रमित रहेका छन्। तीमध्य ८० हजार ७७९ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्य २३८ जना आइसीयु, ४३ जना भेन्टिलेटर र १४५ जना क्वारेन्टिनमा रहेका छन्। 

आज देशभर १ लाख १९ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

 

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्