Kathmandu Press

कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य

होमपेन्ह, माघ १० : कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शुन्यमा झरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा...
कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य

होमपेन्ह, माघ १० : कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शुन्यमा झरेको छ। 

स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो । 

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको सङ्ख्या भने बढीरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा ४० जना नयाँ सङ्क्रमित थपिएसँगै ओमिक्रोनभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ६२५ पुगेको छ। 

Hardik ivf

‘नयाँ थपिएका ४० सङ्क्रमित मध्ये १५ जना देश बाहिरबाट आएकाहरुमा देखिएको हो भने अरु २५ जना देश भित्रैबाट सरेको देखिएको छ,’ मन्त्रालयको वक्तव्यमा लेखिएको छ ।

दक्षिणपूर्वी एसियाली यस मुलुकमा ओमिक्रोनको सङ्क्रमण सवैभन्दा पहिलो पटक सन् २०२१ को डिसेम्बर १४ मा देखिएको थियो। अफ्रिकी मुलुक घानाबाट आएकी कम्बोडियाली गर्भवती महिलामा पहिलो सङ्क्रमण पुष्टि भएको हो। 

कम्बोडियाका प्रधानमन्त्री हुनसेनले ओमिक्रोनबाट सङ्क्रमित सवैलाई चाहेको अवस्थामा घरमै उपचारको व्यवस्था गरिने घोषणा शुक्रबार गरेका छन्।

कोरोनाभाइरसको महामारीको सुरुवात भने कम्बोडियामा सन् २०२० को जनवरी देखि भएको मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म कम्बोडियामा कारोनाभाइरसबाट एक लाख २१ हजार ६६ जना सङ्क्रमित भएका छन् । 

कुल सङ्क्रमित मध्ये तीन हजार १५ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार २३२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

देशको कुल जनसङ्ख्याको ८९.६ प्रतिशतले कोरोनाभाईरस विरुद्धको कम्तीमा एउटा खोप लगाएको तथ्याङ्क छ । कम्बोडियामा चीनमा बनेको सिनोभ्याक र सिनोफार्म खोप प्रयोग गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्