Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि स्याङ्जा प्रशासनको सेवा बन्द

काठमाडौं, माघ १० : जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै  प्रवाह हुँदै आएका अत्यावस्यकबाहेकका सेवा बन्द गरिएको छ । सहायक प्रमुख...
कर्मचारीमा कोरोना देखिएपछि स्याङ्जा प्रशासनको सेवा बन्द

काठमाडौं, माघ १० : जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै  प्रवाह हुँदै आएका अत्यावस्यकबाहेकका सेवा बन्द गरिएको छ ।

 सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले एक विज्ञप्ति जारी गर्दै आज (सोमबार) देखि अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिए । 

कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको, केही कर्मचारीको रिपोर्ट आउन बाँकी रहेको र अन्य केही कर्मचारीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा÷अत्यावश्यक बाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सङ्घसंस्था दर्ता÷नवीकरण, हातहतियार नवीकरणजस्ता सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको सहायक प्रजिअ शर्माले बताए। 

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्