Kathmandu Press

भारतमा पछिल्लो एक दिनमा थपिए ३ लाख बढी काेराेना सङ्क्रमित

नयाँ दिल्ली, माघ १० : भारतमा पछिल्लो एक दिनमा ३ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।सोमबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो...
भारतमा पछिल्लो एक दिनमा थपिए ३ लाख बढी काेराेना सङ्क्रमित

नयाँ दिल्ली, माघ १० : भारतमा पछिल्लो एक दिनमा ३ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

सोमबार बिहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन्। अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ। अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो।

Hardik ivf

त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ। अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको  परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ४९ हजार ३३५ रहेको छ। भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ।

योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८४८ रहेको छ। त्यसैगरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४९५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै रहेकाले सक्रियसङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ।

प्रकाशित मिति: १३:५० बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्