Kathmandu Press

अर्मेनियाको एक रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

याउन्दे, माघ १० : अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ। अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको...
अर्मेनियाको एक रात्रि क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

याउन्दे, माघ १० : अर्मेनियाको राजधानी सहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ। अर्मेनियाका सूचना मन्त्रीले आइतबार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिनुभएको छ।

आइतबार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरु रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ। ‘सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरु आठ जना घाइते भएका छन् । घाइतेहरुको शरीर जलेको र उनीहरुको अवस्था पनि गम्भीर रहेको छ,’ मन्त्री रेने इमानुयल सादीले भने। 

Hardik ivf

मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दा गर्दै धेरै मानिसलाई आगोले छोएको थियो।  घटना बारे थाहा पाउनेबित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए। 

आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक रहेका थिए। रात्रि क्लबमा रहेका मध्ये प्राय युवायुवती रहेका थिए। आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरुलाई आगोको मुस्लोले छोएको थियो। बाहिर निस्कने द्धार एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको अनुमान गरिएको छ।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्