सामान्य विवादमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं, माघ १० : कैलालीमा एक व्यक्तिले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रविन विष्टका अनुसार सामान्य घरायसी विवादमा परशुरामले कुटपिट गरी श्रीमतीको हत्या गरेका हुन्। हत्या गरेपछि श्रीमान् भने फरार छन्।
फरार रहेको परशुरामलाई खोज्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरीको टोली खटाइएको डिएसपी विष्टले जानकारी दिए।
प्रकाशित मिति: ११:३७ बजे, सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











