४२ वर्षीय पुरुष नालामा मृत फेला
काठमाडौं, माघ १० : बाँकेमा ४२ वर्षीय पुरुष मृत फेला परेका छन्। जिल्लाको जानकी गाउँपालिका–६ का मोहनसिंह ठकुरी सोमबार बिहान साइकलसहित नालामा मृत फेला परेका...
काठमाडौं, माघ १० : बाँकेमा ४२ वर्षीय पुरुष मृत फेला परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–६ का मोहनसिंह ठकुरी सोमबार बिहान साइकलसहित नालामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनी अम्बे स्टिल उद्योगमा काम गर्ने मजदुर रहेको खुलेको छ। काम सकेर घर आउने क्रममा नालामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ।
नालामा खसेपछि रातभरी कठ्यांग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाई छ। सोमबार बिहान स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।
प्रकाशित मिति: ११:३२ बजे, सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











