Kathmandu Press

सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाज र समावेशी राज्यका लागि हामी दृढ छौँ

जनतालाई दिग्भ्रमित पार्ने खबरदेखि हामी दृढतापूर्ण सजग छौँ। झूटा र सनसनीखेज खबर दिएर अनलाइनको भ्युज बढाउने हाम्रो अभीष्ट कदापि हुने छैन। हामी त सत्यतथ्यपूर्ण सामग्री पस्केर पाठकको मनमनमा पुग्ने प्रयासमा छौँ।
सामाजिक न्याय, भ्रष्टाचारमुक्त समाज र समावेशी राज्यका लागि हामी दृढ छौँ

काठमाडाैं, माघ १० : डेमोपब्लिक मिडिया प्रालिबाट सञ्चालित अनलाइन न्युज पोर्टल काठमान्डु प्रेस डटकम स्थापनाको चौथो वर्षमा प्रवेश गरेको छ। हरपल सत्यतथ्य समाचार पस्केर जनतालाई सुसूचित गराउने, विभेदमुक्त र भ्रष्टाचारमुक्त देश र समावेशी समाजका लागि आवाज उठाइरहने उद्देश्यका साथ स्थापित यस न्युज पोर्टल आफ्नो लक्ष्यमा अघि बढिरहेकै छ।

आज विश्वलाई इन्टरनेटले जोडेको छ। क्षणभरमै विश्वको एउटा कुनाको खबर अर्को कुनामा पुग्छ। यद्यपि प्रसारित सबै खबर सत्यतथ्यपूर्ण हुन्छन् भन्ने हुँदैन, मिथ्या खबरको बिगबिगी उत्तिकै छ। जनतालाई दिग्भ्रमित पार्ने खबरदेखि हामी सजग छौँ। झूटा र सनसनीखेज खबर दिएर अनलाइन दुनियाँको भ्युज बढाउने हाम्रो अभीष्ट कदापि होइन, हामी त सत्यतथ्यपूर्ण सामग्री पस्केर पाठकको मनमनमा पुग्ने प्रयासमा छौँ।

पछिल्लो समय विशेषतः कोरोना महामारीले गर्दा मानिस तथा संस्थाले आफ्ना सेवा अनलाइनमार्फत दिन थालेका छन्। आज हामी हरेकले मोबाइल फोनमार्फत विश्वलाई सुन्न, देख्न र हेर्न चाहन्छौँ। यही चाहनालाई बुझेर हामीले खासखास रिपोर्टलाई भिडियोमार्फत पनि पस्कँदै आएका छौँ।

विश्व नै कोराना महामारीको सकसबाट गुज्रेको दुई वर्ष पुग्न लाग्यो। योबीचमा हामीले मात्रै होइन, विश्वले नै जनधनको क्षति व्यहोरिरहेको छ। कोरोना संक्रमणका कारण आफन्त गुमाउने परिवारप्रति हामी समवेदना प्रकट गर्दछौँ।

महामारीका कारण अर्थव्यवस्था नै संकटमा परेका बेला हामीलाई विज्ञापन दिएर सहयोग गर्नेप्रति आभार व्यक्त गर्दछौँ।

यसबीचमा कोरोना महामारीसँगै राजनीतिक संकट पनि देखापरे, संसद् विघटनदेखि अनेक भ्रष्टाचारका काण्ड नेपाली जनताले सुन्नु र देख्नुप¥यो। हामी सधैँ जनताका पक्षमा उभियौँ। हामी आफ्नो लक्ष्यमा दृढ छौँ। सामाजिक न्याय, भ्रष्टाचारमुक्त राज्य र समाज, सार्वभौमसत्तासम्पन्न राज्यका लागि हामी कुनै पनि मूल्यमा सम्झौता गरेनौँ र गर्ने छैनौँ। हाम्रो प्रयासमा साथ दिने पाठक, स्तम्भ लेखक र विज्ञापनदाताप्रति आभार व्यक्त गर्दछौँ।
 

 

प्रकाशित मिति: १०:०२ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्