Kathmandu Press

आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं, माघ १० : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागको मौसम...
आज पनि देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौं, माघ १० : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ। आज बिहान गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ।

आज बिहानैदेखि गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।

सोमबार दिउसो गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली रहनेछ। यी चारै प्रदेशका केही स्थानमा हल्का र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।

आज राति पहाडी भूभागमा मौसम बदली रहने छ भने प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने आज राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०७:२३ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्