Kathmandu Press

लागूऔषधसहित दुई युवक पक्राउ

वीरेन्द्रनगर, माघ १० : जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागूऔषध बरामद गरेको छ।ब्राउन सुगरको कारोवार गरिरहेको...
लागूऔषधसहित दुई युवक पक्राउ

वीरेन्द्रनगर, माघ १० : जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागूऔषध बरामद गरेको छ।

ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले दुई युवकलाई पक्राउ गरेको हो। लागूऔषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

प्रहरीले सुनिललाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र  एक थान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए।

यसैगरी प्रहरीले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत कुईनेपानी जंगलमा अवैध लागूऔषध ब्राउन सुगर कारोबार गर्दै गरेका अवस्थामा आइतबार एक अर्का युवकलाई पनि पक्राउ गरेको छ।

उनका अनुसार ब्राउन सुगर जस्तो देखिने दुई क्वार्टर खैरो धुलो पदार्थसहित तिला गाँउपालिका ५ जुम्ला निवासी २६ वर्षीय दीपक बुढालाई प्रहरीले पक्राउ गरेको हो। (रासस)

प्रकाशित मिति: ०७:११ बजे, सोमबार, माघ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्