Kathmandu Press

आतंककारी विरुद्ध ट्रम्पले सार्वजनिक गरे अर्को कार्यकारी आदेश

न्यूयोर्क, भदौ २५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद विरुद्ध फेरी अर्को कार्यकारी आदेश जारी गरेका छन् । म‌गलबार ट्रम्प प्रशासनले आतंकक....

आतंककारी विरुद्ध ट्रम्पले सार्वजनिक गरे अर्को कार्यकारी आदेश

न्यूयोर्क, भदौ २५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद विरुद्ध फेरी अर्को कार्यकारी आदेश जारी गरेका छन् । म‌गलबार ट्रम्प प्रशासनले आतंककारीहरू र उनीहरूका समर्थकहरूलाई लक्षित गरेर यस्तो आदेश जारी गरेको हो। 

पछिल्लो कार्यकारी आदेशले उनकै शव्दमा ‘आतंकाकारीहरु विरुद्ध अमेरिकाले शक्तिशाली प्रतिवन्ध लागाउन सहज हुने छ ।’

ट्रम्पद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आतंककारीहरु विश्वव्यापी रूपमा नै भौतिक, आर्थिक र सवैखाले समर्थनबाट बन्चित हुनेछन् ।’ आतंककारी सूचीमा सूचिकृतलाई जानाजानी कुनै महत्वपुर्ण लेनदेनको सुविधा पुर्‍याए बैक तथा वित्तिय संस्थाहरु समेत प्रतिबन्धको जोखिममा पर्ने ट्रम्पको कार्यकारी आदेशमा उल्लेख छ । आतंककारीहरू र उनीहरूको जघन्य कार्यहरूलाई सर्मथन गर्ने, सुविधा उपलब्ध गराउने र वित्त पोषण गर्नेहरूलाई थप  प्रतिबन्ध लगाउन अमेरिकी सवै संयन्त्रहरु आक्रामक रूपमा प्रस्तुत हुने उनको भनाई छ।

कार्यकारी आदेश जारी गरेपछिको सन्देशमा ट्रम्पले भनेका छन्, ‘मैले कार्यकालको पहिलो दिनदेखि आफ्नो प्रशासनले संयुक्त राज्य अमेरिकाका नागरिकहरूको सुरक्षा र सुरक्षाको लागि अथक प्रयास गरेको छु।’ 

संयुक्त राज्य अमेरिका  र यसका साझेदारहरूले सिरिया र इराकमा आईएसको कब्जामा रहेका क्षत्रहरुहरुलाई सतप्रतिशत स्वतन्त्र राख्न समेत सफल भएको ट्रम्पको भनाई छ।  

आईएसआईएस, अलकायदा, र हिज्बल्लाहको विश्वव्यापी वित्तीय र अपरेशनल नेटवर्कलाई विफल पार्न आफ्नो कार्यकारी आदेश महत्वपूर्ण भएको ट्रम्पले बताए । 

प्रकाशित मिति: १३:२६ बजे, बुधबार, भदौ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्