Kathmandu Press

जिपी उपचार केन्द्रमा २५ थान एचडियु शय्या जडान

तनहुँ, माघ ९ : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अत्याधुनिक एचडियु (हाई डिपेन्डेन्सी युनिट) शय्या जडान गरिएको छ।...
जिपी उपचार केन्द्रमा २५ थान एचडियु शय्या जडान

तनहुँ, माघ ९ : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अत्याधुनिक एचडियु (हाई डिपेन्डेन्सी युनिट) शय्या जडान गरिएको छ। केन्द्रमा उपचारका लागि आउने गम्भीरु बिरामीहरुका लागि सहज र आरामदायी शय्या उपलव्ध गराउने उद्देश्यले मोनिटरसहितको उक्त शय्या राखिएको हो।

नेपाल सरकारको आर्थिक सहयोगमा पच्चीस वटा शय्याका लागि रु एक करोड २३ लाख बजेट विनियोजन गरिएको सो केन्द्रले जनाएको छ। कुल बजेट दुई करोड १२ लाख रूपैयाँ भए पनि टेन्डरमा घटेर उक्त बजेटमा शय्या खरिद गरिएको केन्द्रका लेखा अधिकृत वासुराज दाहालले जानकारी दिए।

त्यसैगरी, अस्पतालमा १० वटा आइसियु शय्या लागि दुई करोड ७४ लाख रूपैयाँ खर्च भएको उनले बताए। कोरोनाको सङ्ख्या बढ्दै गए पनि अस्पतालमा भर्ना हुनेको सङ्ख्या न्यून रहेको आइसियु कक्षमा पनि बिरामीको सङ्ख्या शून्य रहेको सो अस्पतालले जनाएको छ।

उक्त केन्द्रमा सामान्य शय्यासहित एक क्षमताको शय्या सङ्ख्या रहेको प्रशासन शाखाप्रमुख प्रदीप पौडेलले जानकारी दिए। अस्पतालमा दैनिक २०० को हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेका छन्। जसमा निमोनिया, मधुमेह, रक्तचाप, रुघाखोकी, भाइरल ज्वरोका बिरामी अत्यधिक मात्रामा रहेका छन्।

अस्पतालले सेवासुविधामा सुधार गर्दै अघि बढेपछि तनहुँ जिल्लासँगै छिमेकी जिल्ला स्याङ्जा, कास्की, नवलपरासी, पाल्पालगायतका जिल्लाबाट मानिसहरु उपचारका लागि आउने गरेका छन्।

त्यसैगरी अक्सिजन प्लान्ट जडान गर्दा रु दुई करोड १८ लाख खर्च भएको छ। उक्त प्लान्टबाट दैनिक १०० सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए। कोभिडले आक्रान्त बनाएको समयमा दैनिक २० वटा सिलिन्डर खपत हुँदा पोखराबाट ल्याउनुपर्ने बाध्यता रहेकामा अक्सिजन प्लान्ट जडानपछि उक्त समस्या हटेको छ। अस्पतालले हाल १५ देखि २० वटा सिलिन्डर ग्यास उत्पादन गरी अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्