भिरबाट लडेर किशोरीको मृत्यु
खलंगा, माघ ९ : जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो।कर्णाली...खलंगा, माघ ९ : जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका–७ निवासी १८ वर्षीय सविता रावतको मृत्यु भएको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ निर्देशक सविना थापाका अनुसार किशोरी सविताको उपचारका क्रममा आज मृत्यू भएको हो। भिरबाट लडेर बेहोस अवस्थामा शुक्रबार राति उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको र होस नआएर मृत्यु भएको उनले जानकारी दिए।
स्थानीयवासी धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस भएका थिए। उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आइसियुमा उपचार भए पनि होस नफर्किएर मृत्यु भएको थियो। किशोरी रावत चन्दननाथ माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए।
प्रकाशित मिति: २०:३० बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशनशनिबार, मंसिर १, २०८१
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जलीशनिबार, मंसिर १, २०८१
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशीमा दुई दलीय संयन्त्र गठनबुधबार, कात्तिक २८, २०८१