Kathmandu Press

४० लाख माेर्डना खाेप ल्याईदै

काठमाडाैं, माघ ९ : १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने नेपाल आउने भएकाे छ। मंगलबारसम्म खाेप आइपुग्ने...
४० लाख माेर्डना खाेप ल्याईदै

काठमाडाैं, माघ ९ : १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने नेपाल आउने भएकाे छ। मंगलबारसम्म खाेप आइपुग्ने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएकाे छ।

विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख खोप खरिद गरेको हो। उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने विभागले जनाएको छ।

यसअघि सरकारले ५७ वटा जिल्लामा मोर्डना र तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा फाइजर खोप चलाइसकेको छ।

६० जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप दिइसकेकाले बाँकी अन्य जिल्लामा मोर्डनाको खोप दिइने महाशाखाले जनाएकाे छ।

त्यसैगरी, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप लगाउने तयारी गरेको छ। ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको महाशाखाले जनाएकाे छ।

प्रकाशित मिति: १९:०० बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्