Kathmandu Press

पदाधिकारी चयन गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक 

बैठक माघ २७ गतेका लागि बोलाइएको छ। केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयनका कामहरु बाँकी रहेको त्यसलाई पूर्णता दिनका लागि बैठक बोलाइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
पदाधिकारी चयन गर्न माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक 

काठमाडौं, माघ ९ : नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट चुन्न बाँकी रहेका केन्द्रीय कमिटी र बाँकी पदाधिकारीहरुको टुंगो लगाउनका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । 

बैठक माघ २७ गतेका लागि बोलाइएको छ। केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारी चयनका कामहरु बाँकी रहेको त्यसलाई पूर्णता दिनका लागि बैठक बोलाइएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

यसअघि माघ ८ गतेका लागि बैठक बोलाइएको भएपनि शीर्ष नेताहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको थियो। अबको बैठक भने निर्धारित समयमा संघीय राजधानी काठमाडौंमै हुने विज्ञप्तिमार्फत प्रचण्डले बताएका छन्। 

महाधिवेशनमार्फत सहमति गरेर पदाधिकारीको टुंगो लगाउने भनिएपनि सहमति नजुट्दा निर्वाचनमै जाने माओवादी केन्द्रको तयारी छ। चीनमा उपचाररत  वर्षमान पुन स्वदेश फर्किएलगत्तै केन्द्रीय कमिटीमार्फत पदाधिकारीको टुंगो लगाउने भनिएपनि कोरोनाका कारण बैठक बस्न नसकेको हो।

अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन भएपनि महासचिवमा भने सहमति जुट्न सकेको छैन। यसअघि वर्षमन पुनलाई महासचिव बनाउने चर्चा चलेको भएप्नि जनार्दन शर्मा र पम्फा भुसाल लगायतले दाबी गरेपछि प्रचण्डले देव गुरुङलाई अघि सारेका छन्। 

सहमति जुट्न नसके निर्वाचनमार्फत पदाधिकारीको चयन हुनेछ। महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरुले नै पदाधिकारी चयन गर्नका लागि मतदान गर्नेछन्। 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्