उपत्यकामा एकैदिन झण्डै ४ हजारमा संक्रमण, काठमाडौंमा मात्रै २८९१ संक्रमित थपिए
काठमाडौं, माघ ९ : काठमाडौं उपत्यकामा एकैदिन झण्डै ४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको...
काठमाडौं, माघ ९ : काठमाडौं उपत्यकामा एकैदिन झण्डै ४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७९१ संक्रमित थपिएका हुन्।
उपत्यकामा सबैभन्दा बढी संक्रमित काठमाडौंमा भेटिएका छन्। चौबिस घण्टाको अवधिमा काठमाडौंमा मात्रै २ हजार ८६८ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आज देशभर १७ हजार ४३७ नमूनाको परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विगतको तुलनामा आज कोरोना संक्रमण दर केही घटेको पाइएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ७७ हजार ४० पुगेको छ।
प्रकाशित मिति: १६:३९ बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











