१७ हजार ४३७ नमूना परीक्षण गर्दा ६४६२ मा संक्रमण पुष्टि
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७७ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४०६० नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौं, माघ ९ : देशभर पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर १७ हजार ४३७ नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७७ नमूनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४०६० नमूनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा १ हजार ४१६ जना संक्रमणमुक्त हुँदा ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य काठमाडौंमा सबैभन्दा धेरै २ हजार ८६८ संक्रमित थपिएका छन्। ललितपुर र भक्तपुरमा क्रमशः ६०२ र ३२१ जनामा संक्रमण पुष्टि भएको छ।
विगतको तुलनामा आज कोरोना संक्रमण दर केही घटेको पाइएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ७७ हजार ४० पुगेको छ।
प्रकाशित मिति: १६:१० बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











