Kathmandu Press

‘प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम’

‘प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम’

मोरङ, माघ ९ : प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन्। 

प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताए । 

उनले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आयोगले आफ्नो कार्य समस्यारहित ढङ्गले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा जोड दिए।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले  आयोगलाई जनमुखी, विश्वसनीय र समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गरे । मुख्यमन्त्री राईले आयोगले  विवादरहित ढङ्गले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यलगाय अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराए।
    
उनले सङ्घको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह गरे । मुख्यमन्त्री राईले सङ्घीय सरकारले  अनुदानको बजेट रकम अत्यन्त कम, राजस्व सङ्कलन सीमित दायराको कारणले सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पूरा गर्न नसकेकामा गुनासो व्यक्त गरे।
    
प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सङ्घीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने धारणा राखे । प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र सदस्य सजना दाहालले भौगोलिक दूरीका कारण आयोग उत्तीर्णहरुले नियुक्ति लिन नआएकालाई प्राथमिकता दिनुपर्ने, परीक्षामा अनियमितता गर्नेलाई कालो सूचीमा राखी सबै प्रदेशको आयोगको परीक्षामा रोक लगाउनुपर्ने र प्रदेशका स्थानीय निकायले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्ने जस्ता सुझाव दिए।

प्रकाशित मिति: १६:०० बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्