Kathmandu Press

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर, माघ ९ : मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले शनिबार बताएका छन्।

९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका हुन्। 

यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६-२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो। उनलाई  गत  ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो।

महाथिरले दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए। पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, माघ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्