Kathmandu Press

राष्ट्रिय सभा सदस्य निर्वाचन : आज रातिदेखि मौन अवधि, प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, माघ ९ : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि लागू हुँदैछ। यही माघ १२ गते हुने निर्वाचनका लागि आज मध्यरातिदेखि मौन...
राष्ट्रिय सभा सदस्य निर्वाचन : आज रातिदेखि मौन अवधि, प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, माघ ९ : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि मौन अवधि लागू हुँदैछ। यही माघ १२ गते हुने निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि लागू भएको हो। 

मौन अवधिभर कुनैपनि राजनीतिक दलले उम्मेदवार र दलको प्रचारप्रसार गर्न पाउने छैनन्। त्यस्तै विद्यूतीय माध्यमबाट पनि मत माग्ने तथा प्रचारप्रसार गर्न पाइने छ्रैन। त्यस्तै कुनैपनि दल र उम्मेदवारको प्रचार हुनेगरी सूचना प्रकाशन र प्रसारण गर्न पाइने छैन। 

मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएको झण्डा, निर्वाचन चिन्ह, ब्यानर लगायतका प्रचार सामाग्री मौन अवधि लागू हुनुअगावै हटाउन निर्वाचन आयोगले आग्रह गरेको छ। साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ

राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुन लागेको हो। जसमा प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुने छ। निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरिएको छ।

निर्वाचनमा पाँच दलले गठबन्धन बनाएका छन् भने मधेश प्रदेशमा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग गठबन्धन गरिसकेको छ। 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्