Kathmandu Press

भारतमा एकै दिन थपिए ३ लाख ३३ हजार सङ्क्रमित

नयाँ दिल्ली, माघ ९ : भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका  थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन्। यसैसँगै भारतमा कोरोना...
भारतमा एकै दिन थपिए ३ लाख ३३ हजार सङ्क्रमित

नयाँ दिल्ली, माघ ९ : भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसका  थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन्। यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ। 

भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिन प्रति दिन बृद्धि हुदै आइरहेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएका छन्। सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय सङ्क्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ।

Hardik ivf

पछिल्लो २४ घण्टामा भारतमा कोरोन भाइरसबाट दुई लाख ५९ हजार १६८ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोन भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९३.१८ प्रतिशत रहेको जनाइएको छ ।
 
पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ४०९ रहेको छ। कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख ८४ हजार भन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ। 

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, माघ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्