‘चुच्चे नक्सा’ समेटेर मधेस प्रदेश सरकारद्वारा पुनः राजपत्र प्रकाशन
काठमाडौं, माघ ९ : मधेस प्रदेश सरकारले नेपालको पछिल्लो नक्सा (चुच्चे नक्सा) समेटेर पुनः राजपत्र छापेको छ। प्रदेशको नाम मधेस भएको जानकारी दिन शुक्रबार जारी...
काठमाडौं, माघ ९ : मधेस प्रदेश सरकारले नेपालको पछिल्लो नक्सा (चुच्चे नक्सा) समेटेर पुनः राजपत्र छापेको छ।
प्रदेशको नाम मधेस भएको जानकारी दिन शुक्रबार जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको भन्दै चोतर्फी आलोचना भएपछि पुनः राजपत्र छापिएको हो।
मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका हुन्।
यही माघ ३ गथते तत्कालीन प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो।
पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्थामा पनि मधेस प्रदेशले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











