मेलम्ची परियोजनाकाे पुननिर्माण गरी सञ्चालन गर्न सरकार उदासीन बन्यो : ओली
काठमाडौं, माघ ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरोबाट क्षतिग्रस्त संरचना पुननिर्माण गर्न सरकार असक्षम बनेको आरोप लगाएका छन्। आइतबार बिज्ञप्ति जारी...
काठमाडौं, माघ ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरोबाट क्षतिग्रस्त संरचना पुननिर्माण गर्न सरकार असक्षम बनेको आरोप लगाएका छन्।
आइतबार बिज्ञप्ति जारी गर्दै ओलीले बाढी पहिरोबाट प्रभावित भएको मेलम्ची खानेपानी आयोजनालाई पुननिर्माण गर्न सरकारले उदासीनता देखाएको बताएका हुन्।
‘हेड बक्स लगायतका संरचना युुद्धस्तरमा पुननिर्माण गरेर काठमाडौंंवासीहरुको चिरपरिचित सपनाको रुपमा रहेको मेलम्ची परियोजनालाई सञ्चालन गर्न सरकार पूरै उदासीन र अक्षम देखिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्।
उनले सरकार गठन भएको ६ महिनामा कुनैपनि ठूला विकास परियोजनाहरु अघि बढ्न नसकेको समेत बताएका छन्।
प्रकाशित मिति: १३:१३ बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











