सत्तारुढ गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै
काठमाडौं, माघ ९ : सत्तारुढ गठबन्धन दलका नेताहरुले आज कानून व्यवसायीसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे कानून व्यवसायीहरुसँग छलफल...
काठमाडौं, माघ ९ : सत्तारुढ गठबन्धन दलका नेताहरुले आज कानून व्यवसायीसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे कानून व्यवसायीहरुसँग छलफल गर्ने भएका हुन्।
आगामी स्थानीय तहको निर्वाचनका विषयमा कानून व्यवसायीहरुसँग राय लिनका लागि छलफल गर्न लागिएको हो।
निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको छ । तर आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको चुनाव एकैपटक गराउने बहस गठबन्धनमा भइरहेको छ ।
प्रकाशित मिति: १२:२४ बजे, आइतबार, माघ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











